लक्ष्मी आदर्श माविको स्वर्ण जयन्ती सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ, १८ फागुन ।

कास्कीको पोखरा–२७ मा रहेको लक्ष्मी आर्दश माविको वुधवार देखि सुरु भएको त्रिदिवसीय स्र्वण महोत्सव शुक्रवार सकिएको छ ।
बिद्यालयको शैक्षीक विकासमा सहयोग पुग्ने गरि आयोजना गरिएको स्वर्ण महोत्सवका तिन दिने कार्यक्रममा विशेष गरि उत्त विद्यालयमा अध्यान गरेका भुपु विद्यार्थी पुनर्मिलन र विभिन्न ब्यक्त तथा सहयोगी सस्थाबाट अक्षयकोष स्थापना देखि आर्थीक सहयोग गर्नेहरुलाई सन्मान गरिएको थियो ।
तिन दिनसम्म चलेको कार्यक्रममा हरेक दिन नयाँ नयाँ विषय वस्तु्लाई समेटीएको थियो जस अन्तरग पहिलो दिन स्वर्ण महोत्सव स्तम्वको अनावरण दोस्रो दिन स्मारिका विमोचन तथा विद्यालयको स्र्वण महोत्सव प्रवेशद्धार एवं हेल्थ केयर युनिटको उद्घाटन र अन्तिम दिन सन्मानका कार्यक्रमहरु तय गरिएको थियो ।
वि स २०२५ सालमा स्थापना भएको विद्यालय ५६ औं वर्षसम्म आईपुग्दा करिव १५ हजार पाँच सय भन्दा वढि विद्यार्थीले पठन पाठन गरिसकेको प्रारम्भीक तथ्याङ छ भने हाल विद्यालयको चालु शैक्षीक सत्रमा एक हजार ६३ जना विद्यार्थीहरु अध्यनरत रहेको जनाईएको छ ।
त्रिदिवसीय स्वर्ण महोत्सवको समापनका दिन सम्म आईपुग्दा विद्यालयको शैक्षीक एवंम भौतीक विकासका लागि विद्यालयमा अध्यनरत विभिन्न व्यजाका विद्यार्थी,चन्दादाता, अक्षयकोषदाताँ लगाएत विभिन्न सहयोग संघ सस्थाहरुबाट करिव ६० लाख भन्दा वढि आर्थीक सहयोग संकलन हुन सकेको विद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भटराईले जानकारी दिएका छन् ।
विविध सास्कृतीक कार्यक्रमका साथ सुरु भएको स्वर्ण महोत्सव समापन समारोहमा पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ,राष्ट्रिय परिक्षा वोर्ड गण्डकी प्रदेशका उपसचिव वशन्तराज पौडेल,पोखरा महानगरपालिलका शिक्षा महासाखाका अधिकृत बद्रिनाथ सुवेदी र सस्थापक भोजराज भण्डारी,पर्व शिक्षक हेमराज आचार्य लगाएतले अवको शिक्षा ब्यवहारिक र जिवन उपयोगी हुनु पर्ने सुझाव राखेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा साहायक प्रधानाध्यापक शिवमणि भण्डारी र विद्यार्थीहरुको तर्फबाट पदमराज सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक गणेश पौडेलले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्