अर्थसचिवमा कृष्णहरि पुष्करको कमब्याक

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । सरकारले कृष्णहरि पुष्करलाई पुनः अर्थसचिव बनाएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थमन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । भने, अर्थका अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनितादेवी नियुक्त भएलगत्तै कृष्णहरिलाई सामान्यबाट प्रधानमन्त्रीको कार्यालय सरुवा गरिएको थियो ।

संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउन सत्तागठबन्धनमा रहेका दलहरूको शीर्ष नेतृत्वबीचको सहमति र रोजाइअनुसार नै अनुभवी व्यक्ति भएकाले उनलाई अर्थको जिम्मेवारी दिइएको बताइएको छ ।

जनार्दन शर्मा अर्थमन्त्री भएका बेला करको दर हेरफेरको विषय उठ्दा पनि कृष्णहरि अर्थ सचिव थिए । भने, शर्मा पुनः अर्थमन्त्री बनेपछि बिदामा बसेर सरुवा भएका थिए । जनार्दन अर्थमन्त्री भएका बेला उनी राजस्व सचिवबाट अर्थ सचिव बनेका थिए । पुष्कर दोस्रो पटक अर्थसचिव बनेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्