गैरआवासीय नेपाली संघको उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी दिने ।

विज्ञान कार्की
  • ख-
  • ख+

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी दिने भएका छन।

सन् २००६ मा गैर आवासीय नेपाली सङ्घ  पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको  निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे। सापकोटा सन् २०११–२०१३ सम्म गैरआबासीय नेपाली सङ्घको केन्द्रीय सदस्य सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्य परिषदको सहकोषाध्यक्षमा निर्वाचित भए । यसैगरी सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भएका सापकोटा  हाल संघको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

सङ्घको स्थापनाकालदेखिनै सक्रिय सापकोटा सङ्घको विभिन्न पदीय जिम्मेवारी रही नेपाल र नेपालीहरूको हक हितका सस्थागत रूपमा क्रियाशील छन्।

गैरआवासीय नेपाली सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्