लेउवा संघमा द्धितिय उपाध्यक्ष पदमा मेनुका श्रेष्ठले उम्मेद्वारी

समाचार बिज
  • ख-
  • ख+

समाचार बिज

लेखनाथ – लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १४ औ महाधिवेशनमा संघको द्धितिय उपाध्यक्ष पदमा मेनुका श्रेष्ठले उम्मेद्वारी दिने भएकी छन्।

‘सृजनशीलता र उद्यमशीलता, आर्थिक समृद्धि, सामाजिक रुपान्तरणको आवश्यकता’ भन्ने नारा सहित उम्मेद्वारीको तयारी गरेकी श्रेष्ठले महिला उद्यमीलाई प्रोत्साहन गर्दै स्वरोजगार तथा व्यवसायी बनाउने प्रतिवद्धता लाई अगाडी सारेकी छन्। २०७० मा कार्यसमिति सदस्य हुँदै संघमा प्रवेश गरेकी उनी ३ कार्यकाल कार्यसमिति सदस्य बनिन् ।

हस्तकला व्यवसायी तथा प्रशिक्षकले परिचित श्रेष्ठ क्रिस्टलबाट बनेको नौगेडी पोते मुख्य सिर्जनाकार समेत हुन्। थुप्रै हस्तकलाका सामग्री सिर्जना गरेकी उनले यही सिप अन्य महिलालाई पनि बाँड्दै आइरहेकी छन् । संघमा रहेर आफ्नो अनुभव र सिप लाई नयाँ ब्यबसायी संग परिचित गर्दै स्वरोजगार बनाउन द्धितिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिने मनसाय बनाएको उनि बताउछिन।

महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सिपमूलक तालिमलाई परिमार्जन गरी आफ्नै हस्तकला उद्योग दर्ता गरेकी मेनुकाले पोखरा महानगरपालिका र विभिन्न गाउँमा गएर करिब २००० जनालाई उनले तालिम दिइसकेकी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्