नयाँ मन्त्रीको शपथ सोमबार बिहान

समाचार बिज
  • ख-
  • ख+

२८ साउन, काठमाडौं । जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ । जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।

अब जनमतकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने तय भएको माओवादी केन्द्रका एक पदाधिकारीले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्