गैर आवसीय नेपालीहरुको समुहले ४ अर्बमा किन्यो भैरहवा प्यालेस रिसोर्ट

समाचार बिज
  • ख-
  • ख+

भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल चलाइहेका गैर आवसीय नेपालीहरुको समूहले खरिद गरेको छ । हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो
एनआरएनए अमेरिकाका निवर्तमनान अध्यक्ष बुद्धिसागर सुवेदी, गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, महासचिव डा. केशव पौडेल, एनआरएनए क्यानाडाका निवर्तमान अध्यक्ष दीपक गौतम लगायतको लगानी छ । अमेरिकामा १२-१५ वर्षदेखि होटल व्यवसायमा गरेको अनुभव नेपालमा उपयोग गर्ने सोचका साथ आफू आएको उनको भनाइ छ ।
‘हामी नेपालमा ठूलो नाफा गरौंला भनेर आएका होइनौं, विदेशमा काम गरियो, त्यसबाट मातृभूमिलाई पनि योगदान गरौं भनेर आएका छौं, सरकारलाई तिर्नुपर्ने जति दायित्व सृजना हुन्छ, त्यो सबै तिरेर व्यवसाय गर्ने छौं,’ सुबेदिले भने । तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले ठूलो घाटा खाएर रिसोर्ट बिक्री गरेकाले पुँजीगत लाभकर सम्भवतः नआउने आँकलन रहेको सुवेदी बताउँछन् । तर, दुई वर्षदेखि क्यासिनोको रोयल्टी भने तिरिएको छैन ।
‘अब हामीले ३० दिनभित्र कर दायित्व चुक्ता गर्नुपर्छ, त्यसको हिसाबकिताब हुँदै छ, समयभित्रै चुक्ता गर्ने छौं,’ उनले भने । त्यसअघि नै चितवनमा हायात होटेलको चेन भित्र्याउन यो समूहले प्रयास गरेको थियो । तर, त्यहाँ लिने भनिएको जग्गा लिन नसकेपछि समूहले विकल्पका रुपमा टाइगर प्यालेस खरिद गरेको हो । रिसोर्टले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको फैसला जिल्ला अदालत रुपन्देहीले गरेको थियो । अदालतको फैसलाको पालना गरेर रिसोर्ट सञ्चालन गर्ने सुवेदीले बताए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्