एमालेको कार्यालय च्यासलमा बाढी पस्यो, सामान्य क्षति

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । सोमबार रातिदेखि अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमा क्षति पुर्‍याएको छ ।

ललितपुरको च्यासलस्थित नदीको बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा क्षति पुगेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

नदीको बहाव पुलमुनि थुनिँदा पानी माथितिर फर्किएको उनको बुझाइ छ । उनकाअनुसार कार्यालयमा रहेको  गार्डेन जलमग्न भएको छ । भौतिक संरचनामा कुनै क्षति नपुगेको उनले जानकारी दिए ।

भारी वर्षापछि आएको बाढीले उपत्यका नदीहरू बागमती, विष्णुमती, रूद्रमती, मनोहरा लगायत नदी किनाराका बस्तीहरू प्रभावित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्