निर्माण व्यवसायीको भुक्तानी तत्काल गर्न सीएनआईको माग, भुक्तानी नहुँदा अर्थतन्त्रमा पनि समस्या

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्दो छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ (सीएनआई)ले सरकारसँग अनुरोध गरेको छ।

परिसंघले आइतबार निर्माण व्यवसायीहरुको माग जायज रहेको निष्कर्ष निकाल्दै यसको सम्बोधन गर्न सरकारलाई आग्रह गरेको हो।

परिसंघले उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगन लगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको जनाएको छ।

विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघले सरकारलाई ध्यानाकर्षण गराएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्