सुजुकी जिम्नी र फ्रोन्क्स नेपालभरका शोरुममा साउन २२ गतेदेखि उपलब्ध हुने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । नेपालमा लामो समय देखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु अब नेपालभरका सबै सुजुकी शोरुमहरुमा हेर्न र टेस्ट ड्राईभका लागि साउन २२गतेदेखि उपलब्ध हुने भएको छ । सो दिन सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ ।

नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक  CG|Holdings अन्तर्गतको अटोमोटिभ डिभिजन CG|Motocorp तथा CG|NXTGEN ले सो एसयूभीहरु बुकिंङ्ग असार २९ देखिनै खुल्ला गरेको थियो । कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । जिम्नीको सुरुवाती ५९ लाख ९९ हजार रुपैयाँबाट र फ्रोन्क्सको ३९ लाख ९९ हजार बाट सुरु हुनेछन् ।

५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत 4WD प्रणाली, ALL GRIP PRO संग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र 3 Link Rigid Axle Suspension जस्ता अफ–रोड सुविधाहरू समावेश गर्दछ। अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्दछ । नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो ।

“द फेस अफ न्यु एसयूभी“ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रधान गर्दछ। प्रिमियम डिजाइन, नया युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागी सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्