लेखनाथ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाद्वारा उम्मेदवारी घोषणा

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ, १8 साउन  । लेखनाथ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाले उम्मेदवारी घोषणा गरेका छन् । संघको बर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष भएर काम गरिरहेका उनले आसन्न निर्वाचनका लागि बुधबार पत्रकार सम्मेलन को आयोजना गरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

संघको १४औं अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । ‘सिर्जनाशिलता, उद्यमशिलता र आर्थिक समृद्धि आजको आवश्यकता’ मूल नाराका साथ उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

संघको दसौं १०औं अधिवेशन २०७२ मा कार्यसमिति सदस्य भएका उनी सोही वर्ष लेखनाथ महोत्सवको उपसमिति संयोजक भएरसमेत काम गरे । सूचना प्रविधि उपसमिति संयोजक भएर पनि संघमा उनले सो कार्यकालमा योगदान पुर्याएका थिए । ११औं अधिवेशन २०७४ मा कोषाध्यक्षमा निर्वाचित भएका उनले कृषि उपज, वाटर फन्ट, व्यावसायिक महल, स–शुल्क ज्येष्ठ नागरिक व्यवस्थापनमा विशेष योगदान गर्न सफल भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्