छाला, यौन तथा कुष्टरोग विशेषज्ञ समाजमा डा.सरस्वती

समाचार बिज
  • ख-
  • ख+

पोखरा, बैशाख ११
छाला यौन तथा कुष्ठरोग विशेषज्ञ समाजको १७ औं सम्मेलन तथा वार्षीक साधरण सभा सोमबार सम्पन्न भएको छ । उक्त सभाले प्रा डा. सरस्वती न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष न्यौपाने , गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत हुनुन्छ ।
उक्त समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र संयुक्त सचिवमा क्रमश डा. मनिषा सिंह, डा. निरज पराजुली , डा. रमेश शर्मा र डा. मोहन भुषाल निर्वाचित भएका छन् ।
त्यसैगरी समतिका सदस्यहरुमा डा. सुवास बराल, डा. सुचना मरहठ्ठा, डा अदिति मिश्र, डा. रविन्द्र बास्कोटा निर्वाचित भएका छन् ।
यसअघि उक्त सम्मेलन तथा साधरणसभाको उद्घाटन , काठमाण्डौ बिश्वबिद्यालयका उपकुलपति डा. भोला थापाले गर्नुभएको थियो । उक्त समारोहमा बोल्दै प्रमुख अतिथि थापाले समग्र विकासका लागि छाला रोग विशेषज्ञको महत्व औंल्याउदै काठमाण्डौ विश्वबिद्यालयले यौगिक विद्यालयको कक्षा संचालन गर्ने योजना बनाएको बताउनु भयो । कार्यक्रममा सोहि विश्वबिद्यालयकै प्रा डा गुन्टुर पनि बोल्नुभएको थियो ।
सम्मेलन पछि अध्यक्षमा निर्वाचित प्रा डा न्यौपानेले आफ्नो कार्याकालमा समाजको चौतर्फाी विकासका लागि लगनशिल भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकालमा शैक्षिक क्रियाकलाप अन्र्तगत अनुसन्धानलाइ प्राथमिकता दिने, छाला रोग विशेषज्ञहरुको सिप विकासको लागि निरन्तर गोष्ठिहरु गर्ने र कार्यक्रम कार्यन्वयनमा विकेन्द्रिकरणको निति अनुशरण गर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्