नेप्लिज क्यानेडियन क्रिकेट क्लव ले एक दिवसीय मान्यता फर्काएकोमा क्यानाडाको राष्ट्रिय क्रिकेट टिमलाई सम्मान

समाचार बिज
  • ख-
  • ख+

नेप्लिज क्यानेडियन क्रिकेट क्लव ले एक दिवसीय मान्यता फर्काएकोमा क्यानाडाको राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ।

क्यानाडामा मंगलबार आयोजना गरिएको एक कार्यक्रममा टिमका प्रमुख कोच पुबुदु देशानायके र कप्तान साद बिन जफरलाई सम्मान गरेको हो।

सम्मानपछि बोल्दै मुख्य कोच देशानायकेले क्यानाडा र नेपालमा नेपालीबाट पाएको माया र सम्मानका लागि आभार व्यक्त गरेका थिए।

कार्यक्रममा बिभिन्न नेपाली संघ संस्थाका विसिष्ट व्यक्तिहरुको शहभागिता हरु रहेको थियो।

कार्यक्रममा प्राध्यापक तुल्सी धरेल, क्लबका सल्लाहकार शरद पौडेल, एनआरएन क्यानाडाका अध्यक्ष दीपक गौतम, उत्तर अमेरिका क्षेत्रका युवा संयोजक बिमला सापकोटा लगायतले शुभकामना दिएका थिए।

आयोजक नेप्लिज क्यानेडियन क्रिकेट क्लवका अध्यक्ष किरोज श्रेष्ठले क्लवको स्थापना र यसका गतिविधीको चर्चा गर्दै गत वर्ष नेपाल र क्यानाडाको मैत्रीपुर्ण खेलको स्मरण गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्