सिंहदरबार र राजधानी काठमाडौँबाट अन्यत्र सार्दा आपत्ति छैन : बालेन शाह

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले  काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न भनेका छन् ।

बिहीबार मध्यान्ह  सामाजिक सञ्जालमार्फत उनले सिंहदरबार र राजधानी काठमाडौँबाट अन्यत्र सार्दा कुनै आपत्ति नहुने बताएका छन् ।’कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौँबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ उनले लेखेका छन् ।

आफूहरूलाई राजनीति नभई सम्पदा, संस्कृती , कला र सभ्यता चाहिने उनले बताए । ‘हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन,’ मेयर शाहले भनेका छन् ।

सरकारले काठमाडौँ महानगरका माग सम्बोधन नगरेको भन्दै मेयर शाहले सिंहदरबारको फोहोर उठाउन रोक लगाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्