पोखरा-जोमसोम उडान पुनः सुरु, पुरानो विमानस्थलबाट समीट र ताराको दैनिक नौवटा उडान

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। जाडो मौसम सकिएसँगै पोखरा-जोमसोम नियमित उडान सुरु भएको छ। पुरानो विमानस्थलबाट स्टल ओपरेसन हुँदै आएको यो विमानस्थलबाट समीट र तारा एयरको दैनिक नौवटा उडान हुँदै आएको विमानस्थल संचालन प्रमुख जशोदा सुवेदीले बताइन्।

काठमाडौं। जाडो मौसम सकिएसँगै पोखरा-जोमसोम नियमित उडान सुरु भएको छ। पुरानो विमानस्थलबाट स्टल ओपरेसन हुँदै आएको यो विमानस्थलबाट समीट र तारा एयरको दैनिक नौवटा उडान हुँदै आएको विमानस्थल संचालन प्रमुख जशोदा सुवेदीले बताइन्।

‘गत साताबाट समीटले नियमीत उडान सुरु गरेको छ। योसँगै तारा एयरले पनि यो गन्तव्य उडान तयारी गरिसकेको छ,’ प्रमुख सुवेदीले भनिन्,’जाडो महिनामा यो सेक्टरतर्फको उडान प्रभावित भएको थियो अहिले पर्यटकीय सिजन सुरु भएसँगै माग उल्लेख्य आएको छ।’

उनका अनुसार समीट र ताराले दैनिक ४-४ वटा उडान गर्दै आएका छन्। दुवैको उडानमा अकुपेन्सी उल्लेख्य रहेको उनले जानकारी दिइन्। यसका लागि तारा र समीटले एक-एकवटा जहाज नाइट स्टप राख्दै आएको उनले बताइन्।

पुरानो विमानस्थलबाट फिक्स विङसँगै यतिखेर हेलिकोप्टर, अल्ट्रालाइट लगायतको उडान सञ्चालन हुँदै आएको उनले जानकारी दिइन्।

गत जनवरी १ बाट अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आएसँगै नागरिक उड्डयन प्राधिकरणले विकट गन्तव्यतर्फको उडान पुरानै विमानस्थलबाट सञ्चालन गरेको हो। पुरानो विमानस्थलबाट भीएफआर फ्लाइट हुँदै आएको छ भने नयाँ विमानस्थलमा प्राधिकरणले आइएफआर उडान अनिवार्य गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्