
राेटरी क्लव अफ लमजुङले आज बेसीशहर नगरपालिकाकाे सहकार्य एवम् समन्वयमा बेसिशहर नगरपालिका वडा न ६ चण्डीस्थानमा रहेकाे चण्डेश्वरी प्राथमिक विध्यालयमा अध्यनरत २५ जना विद्यार्थीहरुलाइ झाेला, कपि, मास्क वितरण गरेकाे छ । कार्यक्रमकाे अध्यक्षता राेटरी क्लव अफ लमजुङका अध्यक्ष राेटरीयन बेन वहादुर सुयलले गर्नु भएकाे थियाे । कार्यक्रमकाे प्रमुख अतिथि नगरपालिका प्रमुख गुमान सिह अर्याल, विशेष अतिथी बेसीशहर नगरपालिका वडा न ६ का वडा अध्यक्ष प्रकाश थापा, नगरपालिका प्रेस सल्लाहकार कृष्ण के सी, अतिथि विद्यालय व्यवस्थापन समितका अध्यक्ष मन वहादुर भण्डारी विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् वडा न ६ निवर्तमान सदस्य विरेन्द्र गुरुङ विद्यालय प्र।अ गिता भण्डारीकाे उपस्थीति रहेकाे थियाे ।
कार्यक्रमकाे लागी राेटरी डिस्ट्रीक्ट ३२९२, बेसीशहर नगरपालिकाकाे कार्यालय, राेटरी क्लव अफ पाेखराले सहयाेग गरेकाे थियाे ।
कार्यक्रम सचालन राेटरी क्लव अफ लमजुङका नि वर्तमान अध्यक्ष एवम् कार्यक्रम सयाेजक राेटरीयन रेशम घिमिरेले सचालन गर्नु भएकाे थियाे ।