रास्वपाको बैठक बस्दै, राष्ट्रपति चयनबारे आवश्यक निर्णय लिने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रपति निर्वाचनका विषयमा अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय लिँदै छ ।

रवि लामिछाने नेतृत्वको  पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

बारेमा निर्णय लिन आज केन्द्रीय समिति बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे सो बैठक बस्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्