सरकारले १५ अर्ब ४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै, १२ अर्ब रुपैयाँ नयाँ ऋण

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। सरकारले पुरानो तीन अर्ब ४ करोड ५० लाख नवीकरणसहित १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।

राष्ट्र बैंकमार्फत सरकारले आइतबार आन्तरिक ऋण उठाउन लागेको हो। सरकारले १२ अर्ब रुपैयाँ नयाँ ऋण लिने छ।

राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाइदिने छ।

राष्ट्र बैंकले २८ दिने ट्रेजरी मार्फत दुई अर्ब र ९१ दिनेमार्फत एक अर्ब ४ करोड ५० लाख रुपैयाँ ऋण उठाइ दिने छ। यो यसअघि उठाइसकेको ऋण हो, आइतबार नवीकरण गर्न लागिएको हो।

९१ दिने नयाँ ऋण पनि उठाउने छ। ५ अर्ब रुपैयाँको ९१ दिने ट्रेजरी बिल मार्फत ऋण उठाउने छ।

१८२ दिने ट्रेजरी मार्फतबाट पनि नयाँ ऋण उठाउन लागिएको छ। यो सात अर्ब रुपैयाँको हुने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्