आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार नेपाल बिमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्ष लगायत सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौतामा कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे ।  उक्त सम्झौताअनुसार दुवै कम्पनी एकआपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिने जनाइएको छ ।

दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एव डिडी रिपोर्ट समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात क्रमशः १ः१ कायम रहने गरी सम्झौता भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्