भारतमा कार, मोबाइल र टीभी लगायतका सामान सस्तिँदै, बजेटले के केको भाउ बढ्यो ?

समाचार बिज
  • ख-
  • ख+

भारतमा आर्थिक वर्ष २०२३/२४ का लागि प्रस्तुत गरिएको केन्द्रीय बजेटमा विद्युतीय सवारीसाधन, स्मार्टफोन लगायतका विभिन्न सामग्रीहरुमा भन्सार महसुल कम गर्ने घोषणा गरिएको छ।

रतीय अर्थमन्त्री निर्मला सीतारमणले विद्युतीय सवारीसाधन, स्मार्टफोन, टेलिभिजन जस्ता सामानहरुमा लाग्दै आएको कस्टम ड्युटी कम गर्ने घोषणा गरिन्। यसबाहेक केही वस्तुहरुको आयातमा सेस तथा कर कम गर्ने घोषणा गरिन्।

आजै सार्वजनिक भएको बजेटका अनुसार भारतमा खेलौना, साइकल तथा अटोमोबाइल सस्तो हुने छ।

यसैगरी मोबाइल फोन र क्यामेराको लेन्स सस्तो हुनेछ। अब विद्युतीय सवारीसाधन पनि सस्तो हुनेछ भने टेलिभिजन खरिद पनि सस्तो पर्न जानेछ।

अर्थमन्त्री सीतारमणले कपडाबाहेक अन्य वस्तुमा लाग्ने भन्सार शुल्क दर २१ प्रतिशतबाट घटाएर १३ मा ल्याउने प्रस्ताव गरेकी छिन्।

बजेटले भान्सामा प्रयोग हुने चिम्नीको आयात भने महँगो हुने भएको छ। बजेटमा चिम्नीको आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आयात शुल्क दोब्बर बढाएर १५ प्रतिशत पुर्‍याउने प्रस्ताव गरिएको छ। तर चिम्नीको हिट क्वाइलका लागि भने कर २० प्रतिशतबाट घटाएर १५ मा झारिएको छ।

ब्याट्रीको आयात शुल्क घटाइएको छ भने सुन, चाँदी र प्लाटिनम महँगिनेछ। यस्तै विदेशबाट आयात गरिने चाँदीका भाँडाकुडा पनि महँगो हुनेछ। चुरोटको कर पनि बढाइएको छ। आयातित हिराको मूल्य बढ्ने छ भने ल्याबमा उत्पादन हुने हिराको मूल्य भने सस्तिनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्