नेपालमा पहिलोपटक नयाँ सिस्टममा लेखनाथ खानेपानी, कागज मुक्त र लाइन मुक्त वनाइने

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ, १० माघ ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाले मंगलबारबाट ए एम एस प्रणाली लागु गरेको छ । संस्थाले मंगलबार एक कार्यक्रमको आयोजना गरि खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थीत बनाउनको लागी सम्पती सुव्यवस्थीत प्रणाली (Asset Management System) ए एम एस लञ्च गरेको हो ।

खानेपानी तथा ढल व्यवस्थापन बिभागको पहलमा एसियाली बिकास बैंकको २ लाख डलरको आर्थिक सहयोगमा संस्थाले सिस्टम प्रयोगमा ल्याएको हो । उक्त सिस्टम अन्र्तगत संस्थाले नोबेल सिस्टम (NOBEL System) ले विकास गरेको जियोभ्यूअर मोबाईल एप्लीकेशन प्रयोगमा ल्याउने छ भने उपभोक्ताहरुले पब्लिक एप  प्रयोगमा ल्याउन सक्ने संस्थाका अध्यक्ष मुरारी शर्माले वताए ।

उक्त प्रणाली लागु भएपछि खानेपानी संस्थाका सम्पुर्ण सम्पतीहरु (खानेपानीको पाईप, विभिन्न टंकीहरु, च्याम्बर, भल्ब) लगायतको अवस्थाहरुको विषयमा रियल टाईम जानकारी प्राप्त हुनुका साथै पाईपमा पानीको वहाव के कति छ, चुहावट छ छैन लगायतको विषयमा पनि जानकारी प्राप्त हुने कार्यालय प्रमुख ई.शिव प्रसाद अमात्यले जानकारी दिए ।
यस्तै उपभोक्ताहरुले पनि अनलाईन मार्फत विभिन्न गुनासोहरु राख्न सक्ने र गुनासोको सम्बोधन भयो भएन, कती समयमा हुन्छ भन्ने कुरा समेत घरमै बसेर थाहा पाउन सक्ने छन । यसले उपभोक्ताहरुको समय र पैसाको वचत हुनुका साथै संस्थाप्रतिको विश्वसनीयता समेत वढेर जाने एडिबि नेपालका नगर विकास विज्ञ शिव प्रसाद पौडेलले वताए ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी तथा ढल निकास विभागका निर्देशक रमाकान्त दवाडीले संस्थाले प्रशंसनीय र उदाहरणीय काम गरेकोमा बधाई र शुभकामना व्यक्त गर्दै कार्यन्वयनको पक्ष चुनौतीपुर्ण रहेको र यसलाई कार्यालय र उपभोक्तामाझ अभियानको रपमा लैजानुपर्ने वताएका थिए ।
कार्यक्रममा सफ्टवेयरको विषयमा नेबेल सिस्टमका अध्यक्ष माईकल सामुयलले प्रकाश पारेका थिए भने एसियाली बिकास बैंकका बरिष्ठ जलश्रोत विज्ञ जियोफ्रे विल्सन सिस्टमका विभिन्न पक्षहरुको विषयमा जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नारायणी भटृराई (रक्षा) ले गरेकी थिईन भने धन्यवाद ज्ञापन उपाध्यक्ष पुष्पकमल ढुंगानाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्