पत्रकार त्रिभुवन पौडेलको शव परिवारलाई हस्तान्तरण

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।  पोखरा महानगरपालिका–११ फुलवारी घर भएका पौडेलको शव पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको कास्कीका एसपी अजय केसीले  बताए ।

आइतबार पोखरा महानगरपालिकास्थित सेतीको खोंचमा यति एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका  ६९ जनाको शव भेटिएको छ । अरु ३ जनाको शवको टुक्रा फेला परेको छ । विमानमा चालक दलका सदस्यहरु सहित ७२ जना सवार थिए । पत्रकार पौडेल काठमाडौंबाट पोखरा फर्किँदा दुर्घटनामा परेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्