स्ववियु चुनावकाे तयारीमा त्रिवि

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको रजिष्ट्रार प्रा.डा. पेशल दाहालले जानकारी दिए।

दाहालका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ। समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ।

यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो। परिषद्ले सिफारिस गरेअनुसार नै निर्वाचन गर्ने निर्णय गरेको दाहालले बताए।

सबै विद्यार्थी संगठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले निर्वाचनको मिति तय गरेको उनकाे दाबी छ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेसँगै अब निर्वाचनको तयारीमा लाग्ने दाहालले बताए।

त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौ वटै संकायका डीन र परीक्षा नियन्त्रक तथा सबै विद्यार्थी संगठनका अध्यक्ष छलफल गरेको थियो।

त्रिविले स्ववियु निर्वाचन गर्न पटकपटक पहल गरे पनि हुन सकेको छैन। त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन। प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता निय

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्