पाेखरा १३ वडा कार्यलय द्वारा विद्यालयलाई स्वास्थ्य समाग्री वितरण

समाचार बिज
  • ख-
  • ख+

पोखरा महानगरपालिका १३ ले वडामा रहेका सबै सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । वडामा रहेका ८ वटा सामुदायिक विद्यालयहरूलाई स्वास्थ्य सामग्रीहरु वितरण गरेको वडा कार्यालयले जनाएको छ।

विद्यालयमा विद्यार्थीहरूलाई चोटपटक लाग्दा सामान्य प्राथमिक उपचार गर्न स्वास्थ्य सामग्री वितरण गरिएको वडा अध्यक्ष किरण बरालले बताए ।

विद्यालयमा सामान्य स्वास्थ्य सामग्री पनि उपलब्ध नहुने भएकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरी स्वास्थ्य सामग्रीहरु वितरण गरेको उनको भनाइ छ ।

अध्यक्ष बरालले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरामा ध्यान दिएको बताए । साथसाथै विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै काम गरिरहेको बताएका छन ।

स्वास्थ्य सामग्री डिटोल, ह्यन्डी प्लास्टर र ब्यान्डेज कपडा वितरण गरिएको उनले जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्