जाडोमा कस्ता पहिरन लगाउने?

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। जाडो मौसम सुरु भइसकेको छ। मौसमअनुसार पहिरन शैली पनि परवर्तन हुन्छ। जाडोमा खासगरी बाक्लो कपडा लगाइन्छ। बाक्ला कपडामा कसरी आकर्षक देखिने भन्ने चिन्ता सबैलाई हुन्छ। अझ महिला बढी यसमा चिन्तित हुन्छन्।

फेसनमा थोरै ध्यान दिए कपडा छनौटमा खासै समस्या नआउने फेसन डिजाइनर अनुष्का डिसी बताउँछिन्। ‘जाडो छेक्न बाक्ला कपडा लगाउनुपर्छ भन्ने पनि हुँदैन,’ उनी भन्छिन्।

उनका अनुसार राम्रो र आकर्षक देखिन बाक्ला कपडा भन्दा शरीर र रङअनुसार कपडा छनौट गर्न सके न्यायो पनि हुने तथा राम्रो र आकर्षक देख्न सकिन्छ। बजारमा उमेरअनुसार, कस्तो किसिमका कार्यक्रममा सहभागी हुन जाने हो, त्यही किसिमका स्टाइलिस कपडा पाइन्छन्।

आफू सुहाउँदो र मौसमअनुकूलका कपडा लगाउँदा बढी फेसनेबल देखिने डिसीको भनाइ छ। सबै शरीर ढाकेर पनि कपडाको रङ र कपडाको आधारमा आफूलाई सुन्दर र आकर्षक देखाउन सकिन्छ।

कस्तो पहिरन

जाडोमा महिलाका लागि कुर्तामा ऊनी (उलन) र मखमल (भेल्भेट) का कपडा उपयुक्त मानिन्छ। कामकाजी महिलाका लािग लामो कुर्तामा प्लाजो पाइन्ट उपयुक्त मानिन्छ।

रङका आधारमा गाढा कालो रङका कपडा बढी प्रयोगमा आउँछन्। भेला, लाइक्राजस्ता फेब्रिकले न्यानो दिन्छ। डिजाइनका आधारमा क्याजुअल पोसाकमा प्यारलल पाइन्ट र लङ कोट जाडोमा उपयुक्त हुन्छ। पार्टी वेयरमा भेलनका साडी, भेल्भेटका गाउन बढी चल्तीमा छन्। पार्टीका लागि लेहेंगा र साडी नै राम्रो देखिन्छ। जसमा त्यही रङको भेल्भेटमा इम्ब्रोइडरी गरिएको फुल बाहुला ब्लाउज राम्रो हुन्छ। यो न्यानो पनि हुन्छ।

जाडोयाममा कस्तो कपडा उपयुक्त?

जाडोमा हाम्रो शरीर न्यानो राख्नुपर्ने हुन्छ। त्यसैले घामको ताप सोस्ने र शरीर सधैं न्यानो प्रदान गर्ने खालका कपडा लगाउँदा उपयुक्त हुन्छ। चिसो मौसममा भने रङ, कपडाको प्रकृति र त्यसको बनोटले पनि असर गर्ने फेसन डिजाइनर डिसी बताउँछिन्।

‘जाडोमा हेर्दा न्यानो देखिने खालका कपडा किन्नु उयुक्त हुन्छ। जाडोमा कालो, गाढा हरियो, बैजनी (पर्पल), वाइन कलरका कपडा लगाउँदा राम्रो देखिन्छ,’ उनी भन्छिन्।

उनका अनुसार जाडोमा रातो, निलो रङका लुगा बढी रुचाइएको पाइन्छ। यस्तै ‘स्टाइलिस’ देखिने नाममा टाइट लुगा लगाउनु राम्रो मानिँदैन। धेरै बाक्लोभन्दा पनि न्यानो हुने फिदर, डाउन ज्याकेट, लङ कोट, आउटर र टिर्सट तथा वानपिस पनि लगाउन सकिन्छ ।
कसरी छान्ने?

शरीर तातो राख्ने, हावा नछिर्ने खालका लुगा छनोट राम्रो हुन्छ। पातलो शरीरमा फिटिङ कोट नै लगाउँदा अझ राम्रो देखिन्छ। मोटो शरीरमा धेरै लुगा लगाउँदा थप मोटो देखिने हुँदा हाफ नेक भएको ऊनीको स्वेटर कोटभित्र लगाउँदा राम्रो देखिन्छ।
बजारमा स्टाइलिस कपडा पाइन्छन्। जस्तै, जिन्स पाइन्टमा ज्याकेट वा कोट, ऊनी स्वेटर, कलरफुल मफलर, पन्जा, टोपीलगायतले स्टाइलिस देखाउँछ।

टिनएजर र युवतीका लागि लङ कोट जाडोमा उपयुक्त मानिन्छ। विशेषगरी मोटो कटन, उलन र पस्मिनाका कोट लगाउने चलन छ। घुँडाभन्दा माथिसम्म आउने कोट लगाउँदा राम्रो देखिन्छ। लङ कोट वा ज्याकेटमा मफलर, बुटजुत्ता लगाउँदा अझ सुन्दर र आकर्षक देखिन्छ। त्यसैगरी बजारमा उलनका टोपी धेरै स्टाइलमा पाइन्छन्। आफू सुहाउँदो टोपी छान्न सकिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्