पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा होटल सोल्टीले क्याटरिङ सेवा दिने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। सोल्टी होटलको सोल्टी गेट गुरमेटले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्याटरिङ सेवाको ठेक्का पाएको छ। नागरिक उड्डयन प्राधिकरणले टेण्डरमा यो कम्पनीले ठेक्का पाएको हो।

‘हामीले लाइसेन्स पाइसकेका छौं। छिट्टै सम्झौता हुनेछ,’ होटलका उपाध्यक्ष सुदर्शन चापागाइँले भने,’ भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्झौता भइसकेको छ। त्यहाँ डेढ महिनाभित्रै क्याटरिङ सेवा संचालनमा ल्याउँछौं।’

भैरहवामा सेवा संचालनका लागि कम्पनीले पूर्वाधार तयारी गरिरहेको उनले बताए। दुई साताअघि तयारी थालेको कम्पनीलाई यो सेवाका लागि हाइ लिफ्ट लगायत विभिन्न उपकरण जडानमा एक महिना समय लाग्ने अनुमान छ।

यो कम्पनीले करिब ३५ वर्षदेखि क्याटरिङ सेवा दिँदै आएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने विभिन्न वायुसेवालाई क्याटरिङ सेवा दिँदै आएको कम्पनीले थप दुई अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा संचालन विस्तार गर्न लागेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्