पोखरामा दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधवार दोस्रो मेयर कप हुन लागेको हो । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ ।
४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई÷दुई जना महिला र पुरुष प्रतियोगीलाई ५÷५ हजार रुपैयाँ दिइने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
साइकल ¥याली शनिवार
साइकल सिटी पोखराको आयोजनामा आगामी पुस ९ गते शनिवार ‘टुर दि पोखरा’ हुँदैछ । ‘थोपा–थोपा इन्धन बचाऊ’ नारा साथ छैटौँ संस्करणको साइकल ¥याली हुन लागेको साइकल सिटीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजन गोंगजुले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
पोखराको प्रदर्शनी केन्द्रबाट सुरु हुने ¥याली नयाँबजार, महेन्द्रपुल, पालिखे चोक, तेर्सापट्टी, नालामुख, विन्ध्यावासिनी, बागबजार, टुडिखेल, हरिचोक, मिरुवा, जिरो किमि, सभागृह चोक, बिपीचोक, महेन्द्रपुल, रानीपौवा, शितलादेवी, भद्रकाली स्कुल, मियाँपाटन, ३२ केभी, अमरसिंह चोक, कालिकाचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक हुँदै प्रदर्शनी केन्द्रमा आएर समापन हुने आयोजकले जनाएको छ । ¥याली बिहान साढे ७ बजेदेखि सुरु हुनेछ ।
बागलुङ र पर्वतका विभिन्न गन्तव्यको प्रवर्धन गर्ने उद्देश्यसहित ‘टुर दि पोखरा’ को पूर्वसन्ध्यामा बागलुङ कालिका मन्दिरदेखि पोखरासम्म ¥याली पनि हुने कार्यक्रम संयोजक गोंगजुले जानकारी दिए । आगामी बिहीबार बिहान साढे ७ बजेदेखि बागलुङ कालिका मन्दिरबाट ७२ किलोमिटर दुरीको ¥याली सुरु गरिने छ ।