हुन्डाइको न्यु भेन्यु नेपाली बजारमा ल्याउने तयारी, आयात खुलाउन ढिलाइले भारतभन्दा ७ महिनापछि

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। भारतीय बजारमा सात महिना अघि सार्वजनिक भएको हुन्डाई भेन्युको नयाँ भर्सन केही दिनमा नेपाल आउने भएको छ। हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार यो गाडी अबको १५ दिनभित्र नेपालमा उपलब्ध हुनेछ। ८ महिनादेखि सवारी आयातमा सरकारले नगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेपछि लक्ष्मीले हुन्डाइ भेन्यु नयाँ संस्करण भित्र्याउने तयारी गरेको हो।

कम्पनीले यो गाडीलाई पुस तेस्रो साताभित्रै नेपाली बजारमा ल्याउने भएको छ। यसको मूल्य भने ४५ लाखको हाराहारीमा हुने अनुमान गरिएको छ। यस्तै फुल अप्सनको भने ५५ लाखको हाराहारीमा हुने अनुमान छ।

हुन्डाईले भेन्युको नयाँ संस्करणमा डिजाइनदेखि फिचर र सेफ्टीमा धेरै परिवर्तन गरेको छ। इन्जिनका फीचरमा भने परिवर्तन छैन।

नयाँ भेन्युको फ्रन्ट ग्रिल हुन्डाईको नयाँ डिजाइनमा आधारित छ, जसलाई नयाँ टुसान र भर्नामा पनि देख्न सकिन्छ। यसको ग्रिल डीआरएलसँग जोडिएको छ। यसको रियरमा पनि परिवर्तन गरिएको छ र टेल लाइट पहिलेको भन्दा पातलो छ।

यसमा रातो र कालो लाइनिङ पनि छ, जसले कारलाई आकर्षक लुक दिएको छ। यसको अलोय ह्‍वील नयाँ छ, साथै यसमा एल आकारको टेलल्याम्प र फक्स स्किड प्लेट छ।

न्यु भेन्युको इन्फोटेनमेन्ट सिस्टमले १० भाषालाई सपोर्ट गर्छ। यसको ब्लुलिंक कनेक्टिभिटी फिचरलाई पनि अपडेट गरिएको छ। साथै यसमा ६० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध छ। आरामदायी यात्राका लागि पछाडिको सिटमा रिक्लाइन फङसन दिइएको छ।

१०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एम्बियन्ट लाइट र ३६० डिग्री क्यामेरा उपलब्ध छ।

नयाँ भर्नामा २ पेट्रोल र १ डिजेल इन्जिनसहित ३ वटा इन्जिन विकल्प छन्। यसमा १.२ लिटर नेचुरली एस्पिरेटेड जसले ८२ हर्सपावर र ११३ एनएम टर्क उत्पादन गर्छ।

यस्तै १.० लिटर टर्बो-पेट्रोल जसले ११८ हर्सपावर र १७२ एनएम टर्क इन्जिन र १.५ लिटर डिजेल जसले ९९ हर्सपावर र २४० एनएमको टर्क उत्पादन गर्छ। यसमा आईएमटी, म्यानुअल र डीसीटी ट्रान्समिसन दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्