कर्मचारीको ‘ब्ल्याक आउट’का कारण प्रतिनिधि सभा बैठक स्थगित

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ – आन्दोलनरत संसद् सचिवालयका कर्मचारीहरुले ‘ब्ल्याक आउट’ गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता नपाएकोलगायत ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका संसद् सचिवालयका कर्मचारीहरुको ‘ब्ल्याक आउट’का कारण बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।

बुधबार बैठक बसिरहेको समयमा प्रत्यक्ष प्रसारणमा सांसदहरुलाई नदेखाएर सभामुख देवराज घिमिरेलाई मात्र देखाइएको थियो।

स्वास्थ्यमन्त्रीले बजेटमा उठ‍ेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरुले पुरक प्रश्न गर्ने क्रममा सांसदहरुलाई प्रत्यक्ष प्रसारणमा नदेखाएर सभामुखलाई मात्र देखाइएको थियो। सांसदहरुले उक्त कार्यको विरोध गरेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्