एसके इभेन्ट्स एडिलेडद्वारा आयोजनामा महजात्रा हुँदै।

समाचार बिज
  • ख-
  • ख+

महजोडीको नामले चर्चित वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशक पछि अष्ट्रेलियाको एडिलेडको मञ्चमा दर्शक माझ आउने हुनुभएको छ।

एसके इभेन्ट्स एडिलेडद्वारा आयोजना गरिएको, बहुप्रतीक्षित महजात्रा एडिलेड जुन ७ मा आइकोनिक क्याप्री थिएटर गुडवुडमा हुने भएको छ।

मह जोडीको साथमा सम्मानित वरिष्ठ कलाकार नरेन्द्र कंसाकार, किरण केसी र कुन्ती मोक्तानले मनोरञ्जन र सांस्कृतिक उत्सवलाई अविस्मरणीय साँझ बनाउनु हुने विश्वास गरिएको छ ।

५-१२ उमेर समूहका लागि टिकटहरू ढोकामा उपलब्ध हुने र टिकट मूल्य ३५ डलर छ कलाकारको प्रदर्शनको क्रममा भिडियो खिच्न कडा रूपमा निषेध गरिएको छ जानकारी आयोजकले दिएको छ ।

ऐतिहासिक क्याप्री थिएटर गुडवुडमा आयोजना हुने पहिलो नेपाली कार्यक्रमलाई महत्वको साथ हेरिएको छ ।

दिग्गज नेपाली कलाकारहरुको प्रस्तुतिको साथ महाजात्रा एडिलेडले नेपाली सांस्कृतिक समृद्धि र हास्य प्रस्तुतिको इतिहास बनाउने एसके इभेन्ट्स एडिलेडका प्रबन्ध निर्देशक कमल थापा मगरले बताउनुभएको छ ।

यस इभेन्ट्सको शीर्षक प्रायोजकको रूपमा एक्सपर्ट एजुकेसनल एंड भिसा सर्विस रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्