स्कूल स्पोर्ट फाउण्डेशन र नेपाल स्कूल खेलकुद महासंघ दुई पक्षीय समझौता

समाचार बिज
  • ख-
  • ख+

स्कूल स्पोर्ट फाउण्डेशन र नेपाल स्कूल खेलकुद महासंघ दुई पक्षीय समझौता पत्रमा चिनको डालियानमा एतिहासिक हस्ताक्षर भएको छ।

समझौता पत्रमा स्कूल स्पोर्ट फाउण्डेशनका अध्यक्ष रोमन ग्रेबा र नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी समिति सदस्य राजकुमार कार्की बिच पत्रमा हस्ताक्षर भएको हो।

नेपालभरका विद्यालयहरूमा खेलकुद शिक्षा र गतिविधिहरूलाई समर्थन र अभिवृद्धि गर्न एक सहकारी ढाँचा स्थापना गर्ने लक्ष्य राखेको पत्रमा उल्लेख गरिएको छ।

बालबालिकाको सामाजिक-आर्थिक पृष्ठभूमिलाई ध्यान नदिई सबै बालबालिकाको लागि खेलकुद पहुँचयोग्य बनाउने त्यसैगरि युवा विकास र सामुदायिक कल्याणमा खेलकुदको प्रभावको मूल्याङ्कन गर्न अनुसन्धान र विकास सहित संयुक्त पहलका लागि धेरै मुख्य क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने पत्रमा लेखिएको छ।

खेलकुद सामग्री खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउने ,प्राविधिक सहयोग र तालिमका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद संस्थाहरूसँग समन्वय गर्ने ,विद्यार्थीहरूको स्वास्थ्य र शिक्षामा खेलकुद कार्यक्रमहरूको प्रभावको अनुगमन र मूल्याङ्कन गर्ने जस्ता सहयोग स्कूल स्पोर्ट फाउण्डेशनले गर्ने जनाएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्