२० औ जापान वाता ओपेन अन्तरास्ट्रीय तेक्वान्दो प्रतियोगितामा रास्ट्रिय तेक्वान्दो संघ नेपालको टिमले पदक प्राप्त गर्न सफल भएको छ।
पदक जीत्नेमा सुश्मा श्रेस्ठ – स्वर्ण पदक ,बिर बहादुर महरा – रजत पदक ,निरज देउवा – रजत पदक ,शानि राना मगर – रजत पदक ,श्रीकृश्ण खड्का – रजत पदक ,धन बहादुर तामाङ – कास्य पदक ,तार्जन कायत मगर – कास्य पदक ,युकेश थापा मगर – कास्य पदक प्राप्त गरेका छन ।
जापानको साकाई सिटिमा सम्पन्न प्रतियोगितामा प्रतियोगिता पस्चात खेलाडिहरु तथा अफिसियलहरुलाइ एनआरएनए जापान क्षेत्रीय समिति कान्साईबाट खेलाडीलाइ सम्मान स्वरुप खादा ओढाएर सम्मान गरिएको थियो ।
एनआरएनए कान्साई क्षेत्रीय समिति संरक्षक तुल्सीराम खरेल तथा आत्माराम गैरे एवं एनआरएनए जापान बिषेशज्ञ समिति सदस्य तथा एनआरएनए कांसाई संरक्षक नरेन्द्र कुमार बस्नेत (दिनेश) ले गरेका थिए।
“राष्ट्रीय तेकवान्दो संघ नेपालका संरक्षक परिषदका सदस्य
राजू छेत्रि ,राष्ट्रीय तेकवान्दो संघ नेपालका उपमहासचिव
असोक खड्का र टोली प्रमुख रास्ट्रिय तेक्वान्दो संघ नेपालका अद्धक्षय माहेश्वर फ़ुयाल सहित १७ ज़नाको समूहलाई निकै राम्रो र उत्कृष्ट प्रदशनी गर्दै नेपालीले नेपालको नाम र शान अझै उच्च स्थनमा राख्न सफल भएको अनुभब गरेको करा”एनआरएनए कान्साईले प्रेश बीज्ञप्तिमा उल्लेख गरेको छ।