बेसबल एण्ड सफ्टबल विकासको लागी त्रिपक्षीय सम्झौता

समाचार बिज
  • ख-
  • ख+

नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बेसबल एण्ड सफ्टबल  संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच बिहिबार त्रिपक्षीय सम्झौता भएको छ ।

विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल बेसबल एण्ड सफ्टबल  संघका अध्यक्ष दीपक न्यौपाने र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बेसबल एण्ड सफ्टबलमा उमेरसमूहको प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि बास्केटबलको विकास र प्रवद्र्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधारलगायतमा सहकार्य गर्ने गरी सम्झौता भएको जनाइएको छ । यसअघि नेपाल रग्बी संघ ,नेपाल ब्याडमिन्टन संघ,नेपाल बास्केटबल संग पनि यस्तै प्रकारको सम्झौता भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्