![](https://samacharbiz.com/wp-content/uploads/2024/03/Krishna-bahadur-rokaya.jpg)
नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायालाई मनोनित गरेको छ ।
रोकाया कर्णालीबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । रोकाया कर्णालीका कांग्रेस महामन्त्री समेत हुन् । उपसभापति पूर्णबहादुर खड्का निकट उनी कांग्रेस-माओवादी गठबन्धन हुँदा राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।
कांग्रेस सभापति शेरबहादु रदेउवाले राष्ट्रिय सभामा दलको नेतामा कृष्णप्रसाद सिटौलालाई यसअघि नै मनोनित गरिसकेका छन् ।