आवासीय भवन भत्किँदा नौको मृत्यु, दुई घाइते

समाचार बिज
  • ख-
  • ख+

इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु  भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

उक्त तीन तले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताएका छन् ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिए । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताए ।

भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्