राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार दाहालले खसेको ५६ मध्ये ३९ मत पाएका हुन् । प्रतिस्पर्धी नेपाली नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मतमात्र पाए । निर्वाचनमा एक सिट भएको राष्ट्रिय जनमोर्चाले भने मत हालेन ।

राष्ट्रिय सभामा नयाँ गठबन्धनलाई उपाध्यक्षसहित माओवादी केन्द्रका १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद रहेका छन् । कांग्रेसका १६ र लोसपाका एक सांसद छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्