बुधबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी बुधबार फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । फागुन २१ गते नेपाली कांग्रेससँगको सत्तागठबन्धन तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएका प्रचण्डले एक सातापछि नै विश्वासको मत लिने तयारी गरेका हुन् ।

संसदीय दलको शनिबार बसेको बैठकमा फागुन ३० मा विश्वासको मत लिनका लागि साझेदार दलहरूसँग छलफल चलाइरहेको उनले जानकारी दिएका थिए । प्रचण्डले दलको बैठकमा सरकारले विश्वासको मत लिने कार्यका लागि सबै सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए ।

नयाँ सत्ताधारी गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् । बहुमतका लागि १३८ मत भए पुग्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्