हेटौंडामा बन्ने भयो उद्योग वाणिज्य महासंघको भवन

समाचार बिज
  • ख-
  • ख+

११ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको आफ्नै भवन बन्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार हेटौंडामा महासंघ बागमती प्रदेश कार्यालयको शिलान्यास गरेका हुन् । कार्यालय निर्माणले स्थानीय व्यावसायिक समूहका लागि दूरगामी प्रभाव सिर्जना गर्ने अपेक्षा गरिएको महासंघले जनाएको छ ।

व्यावसायिक निर्माण सम्पन्न भएपश्चात आधुनिक कार्यालय, बैठक कोठा र सम्मेलनको सुविधा उपलब्ध हुने बताइएको छ । उद्यमी, स्टार्टअप र स्थापित व्यवसायले यी सुविधाहरूमार्फत व्यापार तथा व्यवसायलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न, सहकार्य एवम् सञ्जालका लागि प्रयोग गर्न सक्ने समेत महासंघले जनाएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष ढकालले यो प्रदेश व्यापार प्रवर्द्धन र नेटवर्कङिको हब बन्ने लक्ष्य राखिएको बताए । यसले स्थानीय उद्यम र अन्तर्राष्ट्रिय साझेदार बीचको सम्बन्धलाई बढावा दिन व्यापार मेला, उद्योग विशेष कार्यक्रम र वाणिज्य शिखर सम्मेलन आयोजना गर्ने समेत उनले बताए ।

उनका अनुसार कार्यालयमा बिजनेस इन्क्युबेटर र एक्सेलेटरका लागि स्थान राखिने भएको छ । उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले कार्यालयले सीप विकास कार्यक्रम प्रस्ताव गर्न व्यावसायिक प्रशिक्षण संस्थान र विश्वविद्यालयसँग सहकार्य गर्ने योजना बनाएको जानकारी दिए ।

व्यावसायिक प्रतिस्पर्धालाई दक्ष जनशक्ति आवश्यकता रहेको र यो पहलले सीपको खाडललाई पूरा गर्ने समेत उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्