लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सवको पुर्वसन्ध्यामा रक्तदान एवम् स्वास्थ्य सिविर

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ, ११ फागुन । पोखरा महानगरपालिका वडा नं २७ को शिसुवामा रहेको लक्ष्मी आदर्श माविले आफनो स्वर्ण महोत्सवको पुर्वसन्ध्यामा स्वास्थ्य सिविरको आयोजना गरेको छ ।

आगामी फागुन १६,१७ र १८ गते स्वर्ण महोत्सव समापन समारोह गर्ने कार्यतालिका रहेपनि चालु शौक्षीक सत्र २०८० लाई स्वर्ण महोत्सव वर्षका रुपमा मनाउने क्रममा शुक्रवार रत्तदान र बृहत स्वास्थ्य सिविरको आयोजना गरिएको हो ।

शिसुवा पोली क्लनिकको प्राविधिक सहयोगमा संचालन गरिएको सिविरमा विशेष गरि पेट, छाती, मुटु, प्रसुती र वाल रोगका गरि करिव एक सय ५० जनाले स्वास्थ्य लाभ लिएका थिए भने विरामीहरुका लागि आवस्यक पर्ने औषधी पनि निःशुल्क रुपमा वितरण गरिएको थियो ।

विद्यालयका विद्यार्थी,अभिभाव एवंम स्थानियहरुलाई लक्ष्यीत गरि राखिएको सिविरमा फिजिसियर डा.प्रकाश भट्टराई, वाल रोग विषेशज्ञ डा. प्रदिप भट्टराई र स्त्रीरोग विशेषज्ञ बिभा महतोले विरामीको जाँच एवंम स्वाथ्य परामर्श प्रदान गरेका थिए ।

यसैविच स्वर्णजयन्ती कै अवसरमा राखिएको रत्तदानमा ३७ युनिट रगत संकलन भएको छ । पहिलो रत्तदाता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले स्वर्ण महोत्सवलाई सवैको साथ र सहयोग भव्यताका साथ मनाउन आग्रह गरेका थिए ।

विद्यालयको ५६ औं वार्षिकोत्सव एवंम स्वर्णजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा बिद्यालय स्थापना कालदेखि शैक्षीक,भौतिक क्षेत्रमा सहयोग पु¥याउदै आउनु भएका चन्दादाता,जग्गादाता,अक्षयकोषदाताहरु लगाएतलाई सन्मान गर्ने कार्यक्रम समेत तय गरिएको बिद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भट्टराईले जानकारी दिएका छन् ।

स्वर्ण महोत्सवका अवसरमा सवै क्षेत्र तथा बर्गलाई समेटेर विभिन्न किसिमका रचनात्मक कार्यक्रम गदै फागुन १६ गते स्वर्णजयन्ती स्तम्भको अनावरण,फागुन १७ गते स्वर्णजयन्ती प्रवेशद्धारको उद्घाटन र फागुन १८ गते मुल समारोह सहित विद्यालयको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशन गरिने स्मारिकाको विमोचन सहितको मुल समारोह गर्ने गरि तयारीलाई अगाडी वढाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्