ग्लोबल आइएमई बैंकभित्र व्यापक सरुवा, सहायक महाप्रबन्धक अब प्रदेश प्रमुख

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले म्यानेजरमाथिका ३३ जना उच्चपदस्थ  कर्मचारीलाई व्यापक सरुवा गरेको छ।
बैंक व्यवस्थापनले लामो समय एउटै विभागमा कार्यरत कर्मचारीको जिम्मेवारी परिवर्तन गरेको हो।

बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत विमल डागालाई मनिटरिङ एन्ड गभर्नेन्स अफिसरबाट रिक्स एन्ड एएमएल कम्प्लाइन्सको प्रमुख बनाएको छ।

डिजिएम भवानी ढकाललाई चिफ अफ इन्ट्रनल अडिटबाट मनिटरिङ एन्ड गभर्नेन्स अफिसर बनाएको छ। डिजिएम बुद्धि अकेलालाई रिस्क अफिसरबाट अफ इन्ट्रनल अडिटमा लगिएको छ।

एजिएम दीपचन्द्र रेग्मीलाई ह्युमन रिर्सोस एन्ड चिफ अफ कर्पोरेट क्रेडिटबाट चिफ ल्यान्डिङ अफिसर र एचआर ओभरसाइट प्रमुख बनाइएको छ। एजिएम अनिल जोशीलाई इन्फर्मेसन टेक्नोलोजीबाट हटाएर सिओओ बनाइएको छ।

त्यसैगरी राजा अर्याललाई बागमती प्रदेश प्रमुखबाट हटाएर रिकोभरी प्रमुख बनाइएको छ। त्यस्तै, एजिएम रितेश लामिछानेलाई डिजिटल इन्नोभेसनबाट हटाएर डिजिटल इन्नोभेसन एन्ड ट्रान्सफर्मेसन अफिसर बनाइएको छ। एजिएम रुपेश वाग्लेलाई एसएमई एन्ड रिटेलबाट बागमती प्रदेश प्रमुख बनाइएको छ।

एजिएम शान्ता शिवाकोटीलाई प्रदेश अफिस को–अर्डिनेटरबाट लुम्बिनी प्रदेश प्रमुख बनाइएको छ। एजिएम सुलभहरि जोशीलाई कन्ट्री अपरेसनबाट कोसी प्रमुख बनाइएको छ।

त्यस्तै, म्यानेजर ह्युमन रिर्सोसबाट अनामिका सिंहलाई चिफ ह्युमन रिसोर्स अफिसर बनाइएको छ। दोहज साउदलाई रिकोभरी अफिसरबाट मधेस प्रदेश प्रमुख बनाइएको छ। मन्दिराराज जोशीलाई हेड अफ डिजिटल बैंकिङबाट चिफ अफ इन्फर्मेसन टेक्नोलोजी, योगेश राणालाई लुम्बिनी प्रदेशबाट हेड क्रेडिट मनिटरिङ युनिटमा ल्याइएको छ।

त्यस्तै, चित्रकुमार चालिसेलाई हेड एसएमई एन्ड एग्रिकल्चर सेक्टर ल्यान्डिङबाट चिफ अफ एसएमई रिटेल प्रमोसन युनिट, मधुसूदन श्रेष्ठलाई सेग्मेन्ट कर्पोरेट बिजनेस आइपिएफ र कर्पोरेट प्रमोसन युनिटमा थपिएको छ।

नरहरि सिलवाललाई हेड मिट कर्पोरेट एन्ड रिटेल बैंकिङबाट चिफ अफ एसएमई रिटेल र एग्रिकल्चर बिजनेसमा पुर्याइएको छ। त्यस्तै, सुजन श्रेष्ठलाई मधेस प्रदेशबाट कोसी प्रदेशको क्रेडिट बिजनेसमा लगिएको छ।

कमलाकुमारी ओझालाई सेन्ट्रल अपरेसन म्यानेजरबाट एएमएल सिएफटी कम्प्लाइन्स म्यानेजर बनाइएको छ। आशीषराज पाण्डेलाई एएमएल सिएफटी युनिटबाट सेन्ट्रल अपरेसनमा लगेको छ। अषीम कर्माचार्यालाई इन्फ्रास्ट्रक्चर प्रोजेक्ट फाइनान्सिङबाट आइपिएफ बिजनेस युनिट र ग्रिन सस्टेनेबल फाइनान्सिङ युनिटको सेगमेन्ट म्यानेजर बनाइएको छ।

प्रवेश पाण्डेलाई पर्फर्मेन्स रिभ्यू सेलको म्यानेजरबाट नारायणघाट क्ल्स्टर हेडमा सरुवा गरिएको छ। ईश्वरीप्रसाद जोशीलाई गण्डकीबाट नेपालगञ्जको क्ल्स्टर हेड बनाइएको छ। रवि काफ्लेलाई कोसीबाट प्रमुखट कर्पोरेट क्रेडिट बिजनेस रिकोभरीको सेग्मेन्ट म्यानेजर बनाइएको छ।

विज्ञान अधिकारी, भोजराज भण्डारी, विश्वनाथ सुवेदी, निकिता भण्डारी थापा, प्रह्लाद निधि तिवारी, पूजन श्रेष्ठ, राजन सुवेदी, शशि शेखर शर्माको पनि जिम्मेवारी हेरफेर गरिएको छ।

बैंक व्यवस्थापनले लामो समयसम्म एउटै जिम्मेवारी रहँदा अन्य क्षेत्रबारे आइडिया नहुने भएकाले र सबै क्षेत्रको ज्ञान होस् भन्ने उद्देश्यले कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ। ‘बैंकभित्रका हरेक कर्मचारी हरेक क्षेत्रबारेमा राम्रोसँग बुझ्नुपर्छ,’ बैंक उच्च व्यवस्थापकले भने, ‘त्यहीअनुसार कर्मचारीको जिम्मेवारी फेरबदल गरिएको हो।’

source : capitalnepal.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्