काठमाडौं, ७ फागुन । खुल्ला मञ्च अगाडि आज प्रदर्शन गरिने भएको छ । नागरिक अधिकारको लागि नागरिक भेला अन्तर्गत आज खुल्लामञ्चमा प्रदर्शन गर्न लागिएको हो ।
नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार फाल्गुन ७ गते दिउँसाे १ बजेबाट सो प्रदर्शन सुरू हुनेछ ।
‘खुलामञ्च खुला नै रहोस, आम नागरिकका लागि’ भन्ने उदेश्यसहित सो प्रदर्शन गर्न लागिएको हो ।
काठमाडौंका मेयर बालेन शाहले खुल्लामञ्चलाइ फुटवल मैदान बनाउन लागे पछि नागरिकस्तरबाट चौतर्फी बिरोध भइरहेको बेला यो प्रदर्शन हुन लागेको हो ।