एनआईसी एशिया बैंक बन्यो देशकै उत्कृष्ट वाणिज्य बैंक, सबैमा गर्यो आभार प्रकट

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ – एनआइसी एशिया बैंकले वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट बैंक बन्न सफल भएकोमा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरु, शेयरधनीहरु, कर्मचारीहरु, लगायत सम्पूर्ण सरोकारवालाहरु प्रति आभार व्यक्त गरेको छ। बैंकले शुक्रबार एक आभार वक्तब्य जारी गर्दै समस्त ग्राहक शेयरधनीहरुलाई आभार व्यक्त गरेको हो ।

बैंकद्वारा जारी आभार वक्तव्यमा भनिएको छ , सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ शुरु भएको हाम्रो अनवरत सहयात्राको फलस्वरुप देशकै सबैभन्दा सहज, सबल, गतिशिल, विश्वसनीय र उत्तरदायी बैंक बन्दै वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट बैंक मध्येमा पर्न हामी सफल भएका छौं ।

यस दौरानमा हामी प्रति अगाध स्नेह एवम् भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनिय योगदान दिनु हुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरु, शेयरधनीहरु, कर्मचारीहरु, लगायत सम्पूर्ण सरोकारवालाहरु प्रति अत्यन्त अनुग्रहित हुँदै सादर नमन गर्दछौं । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको बाबजुद वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारको छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ ।

साथै आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्नको लागि सबै सरोकारवालाहरुको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहने अठोट गर्दछौं ।

यस आर्थिक वर्षको पौष मसान्तसम्म आइपुग्दा निम्न प्रमुख वित्तीय परिसूचकहरुमा यस्तो छ बैंकको उपलब्धि:-

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्