लेमन टी पिउनुको फाइदा

समाचार बिज
  • ख-
  • ख+

जाडो मौसममा मानिसहरु चियाको मात्रालाई बढाउने गर्दछन् । चिसोमा तातो चिया खानुको मज्जा नै बेग्लै रहेको हुन्छ । अन्य चियाभन्दा लेमन चिया पिउन सकेमा स्वास्थ्यका लागि फाइदाजनक हुनसक्छ । लेमन चियामा भिटामिन सी तथा राम्रो मात्रामा एनटीअक्सिडेन्ट गुण हुने गर्दछ । जानौं लेमन चिया पिउनुका केही फाइदाहरु :

प्रतिरक्षा बढाउँछ : लेमन चियामा हुने एन्टीइन्फ्लेमेटरी गुणले प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गर्दछ । यसले रोगहरुबाट बच्न मद्दत पु¥याउँदछ । खाली पेटमा लेमन चिया पिउनु उपयुक्त हुन्छ ।

तौल घटाउन : लेमन चिया नियमित सेवनले पेट घटाउन मद्दत गर्दछ । यसले तौल घटाउनका लागि सहायक भूमिका निर्वाह गर्छ ।

रक्तचाप : लेमन चिया रक्तचापमा निकै फाइदाजनक मानिन्छ । कागतीमा राम्रो मात्रामा पोटासियम पाउन सकिन्छ, जसले रक्तचाप नियन्त्रणका लागि लाभदायक मानिन्छ ।

छालामा चमक ल्याउन : कागतीमा हुने भिटामिन सी र एन्टी इन्फलेमेटरी गुणले दागधब्बा र बिबिरा आउने समस्या कम गर्दछ । यसका साथै यसले एन्टीएजिङको रुपमा काम गर्दै छालालाई चम्किलो बनाउन मद्दत गर्दछ ।

तनाव कम गर्न : तनाव र डिप्रेसनजस्ता समस्याका कारण जीवनशैलीमै प्रभाव परिरहेको हुन्छ । लेमन चियाको सेवनले दिमागलाई आनन्द बनाई मुड राम्रो बनाउन मद्दत गर्दछ । यसको सेवनबाट तनाव र डिप्रेसनजस्ता मानसिक समस्याबाट बच्न सकिन्छ ।

रक्तचाप नियन्त्रण : लेमन चियाको सेवनले रगतमा ब्लड सुगर नियन्त्रण गर्न मद्दत गर्दछ । साथसाथै यसले पाचन पनि राम्रो बनाउँदछ ।

रुघाखोकीमा फाइदाजनक : रुघाखोकी तथा फ्लुजस्ता समस्यामा यसले फाइदाजनक भूमिका खेल्दछ । साथसाथै अन्य शारीरिक समस्यामा पनि सुधारका लागि लेमन चियाले राम्रो भूमिका खेल्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्