नेसपाको केन्द्रीय कार्यकारिणी बैठक बस्दै

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न नेपाल समाजवादी पार्टी(नेसपा)को केन्द्रीय कार्यकारिणी बैठक बस्दै छ । केन्द्रीय कार्यालय तीनकुनेमा दिउँसा १२ बजे बस्ने महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । यस्तै पार्टी एकताको विषयमा समेत निर्णय हुने उनले बताए

‘मस्यौदा विधानमाथि छलफल गर्न बैठक बोलाइएको हो । आजको बैठकले माओवादीसँग पार्टी एकताको विषयमा समेत निर्णय हुन्छ’, उनले भने ।

यादवका अनुसार मस्यौदा अनुमोदनका लागि शनिबार केन्द्रीय समिति बैठक बोलाएको छ । यही मङ्सिरको पहिलो हप्ता बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्नका लागि अध्यक्ष बाबुराम भट्टराई नेतृत्वमा एकता समायोजन समिति बनाएको थियो । पार्टीको विधान बनाउन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदामाथि छलफल गरी आवश्यक परिमार्जन गरी पारित गर्ने यादवले बताए ।

नेसपाले आगामी बैशाखमा सम्मेलन गर्ने तयारी गरेको छ । तर एकता महाधिवेशन गर्ने कि राष्ट्रिय सम्मेलन गर्ने भन्ने विषयमा बाबुराम पक्षधर र महिन्द्र पक्षधरबिच विवाद देखिएको छ । बाबुराम पक्षधर पार्टीको महाधिवेशन गर्ने मुडमा देखिएका छन् । महिन्द्र पक्षधर एकता महाधिवेशन गर्ने मुडमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्