पोखरा बिश्वविद्यालयमा कल्चरल फेयर २०८० को आयोजना गर्ने

विज्ञान कार्की
  • ख-
  • ख+

तराई विद्यार्थी सेवा समाज, एडुहब एजुकेशन फाउन्डेसनले पोखरा बिश्वविद्यालयमा आउँदो फागुन २ गते  कल्चरल फेयर २०८० को आयोजना गर्ने भएको छ । पोखरा विश्वविद्यालयमा सरस्वती पूजाको अवसरमा दोस्रो पटक हुन लागेको यस कार्यक्रमको शुभारम्भ भने केहिदिन अघिनै भईसकेको छ ।

सांस्कृतिक मेलाका अन्य पूर्वकार्यक्रमहरु आरम्भ भईसकेको छ भने फागुन २ गते सरस्वती पूजाको दिन विशेष कार्यक्रमसहित समापन हुने आयोजकले जनाएको छ ।

उक्त दिन विश्वविद्यालयमा साँस्कृतिक कार्यक्रमको साथमा विभिन्न प्रकारका खानाका स्टलहरु, र्‍याम्प वाक, कला, साहित्य र शिल्प सम्बन्धि स्टलहरु रहने आयोजकले जनाएको छ ।

कल्चरल फेयर २०८० लाई भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा आयोजक समितिले गरेको छ।

तराई  विद्यार्थी सेवा समाज पोखरा बिश्वविद्यालयले गतवर्ष चर्चित कलाकार संदीप क्षेत्रीको बिशेष उपस्थितिमा कल्चरल फेयर २०७९ सम्पन्न गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्