राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसीङले गरे कार्कीलाइ बिदाइ।

समाचार बिज
  • ख-
  • ख+

इन्टरनेशिनल स्कुल स्पोर्ट फेडेरेशन (आइएसएफ) का केन्द्रीय सदस्य राजकुमार कार्कीलाइ लुसानमा यहि जनवरी ८ देखि १० सम्म हुने आइएसएसएफको केन्द्रीय कार्यसमितिको वैठकमा सहभागि हुन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसीङले बिदाई गरेका छन ।

इन्टरनेशिनल स्कुल स्पोर्ट फेडेरेशन (आइएसएफ) का केन्द्रीय सदस्य राजकुमार कार्की र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस ब्याच विच स्विट्जरल्याण्डको लुसानमा भेट हुने जनाइएको छ।

विश्वभरका विद्यार्थी खेलाडीहरुको संगठनको रुपमा रहको आइएसएफ आइओसीको सदस्य संस्था भएकोले ब्याच उक्त वैठकमा भाग लिन आउन लागेको हो ।

सोही बेला नेपाली खेलकुदको विषयमा कुरा गर्न समय माग्दा ब्याच राजी भएको कार्कीले बताए । ब्याचसंगको भेटमा कार्कीले आइओसी मार्फत नेपाली खेलकुदलाई गर्ने सहयोगको विषयमा पहल गरिदिन छलफल गर्ने बताए ।

आइएसएफको एउटा सकृय सदस्य रहेको नेपालले आइएसएफका हरेक प्रतियोगिताहरुमा सकृय रुपमा सहभागिता जनाउदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्