पोखरा विश्वविद्यालय क्रिकेट क्लवमा नयाँ कार्य समिति

समाचार बिज
  • ख-
  • ख+

पोखरा विश्वविद्यालय क्रिकेट क्लवको जगदिश भण्डारीको अध्यक्षतमा पाचौ नयाँ कार्य समिति चयन गरेको छ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा वसेको वैठकबाट अध्यक्षमा जगदिश भण्डारी, जेनेरल म्यानेजरमा बिक्रम धामी ,वरिष्ठ उपाध्यक्षमा प्रशान्त अधिकारी , उपाध्यक्षमा पूजन शर्मा,, सचिवमा सुभाष बास्तोला,कोषाध्यक्षमा प्रबेश खनाल, सहसचिवमा आष्मा उपाध्याय चएन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा प्रसम्सा पढ़ेरा,सचिन यादव, नबीन खनाल,सुबास अर्याल,अंजल यादव,आसिक यादव, नबीन भट्ट ,समीर सुबेदी रहेका छन ।

वोमन संयोजकमा अंजू तिवारी ,एसडिएसी संयोजकमा जनार्दन लामिछाने ,एसओइ संयोजकमा रोशन शाउद चयन भएका हुन।

सल्लाहकारमा नमन राज साह ,अभिषेक यादव, बिज्ञान कार्की, दिनेश चापागाइ चयन गरेको जानकारी पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निवर्तमान अध्यक्ष अभिषेक यादवले जानकारी दिएका छन् ।

पोखरा विश्विद्यालयको क्रिकेट क्लवलाई आफ्नो कार्यकालमा थप उचाइ दिने, क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलता साथ लाग्ने प्रतिबद्धता ,आउने दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डर सहित पोखरा विश्वविद्यालयमा क्रिकेटलाई उजागर गर्ने छौं, निर्वाचित अध्यक्ष जगदिस भण्डारी भने ।

यस क्लबले महिला क्रिकेट विकासको लागि वुमन्स पोखरा युनिभर्सिटी क्रिकेट लिगको दुई संस्करण सम्पन्न गराई सकेको छ । त्यस्तै पोखरा युनिभसिर्टी क्रिकेट लिगका चार संस्करण सम्पन्न भएका छन् । चौथो संस्करणमा नेपाली टोलीबाट खेलि सकेका कुशल मल्ल, अभिनाश बोहरा, विक्रम सोब, कलमसिंह ऐरी, घरेलु क्रिकेटका विपिन रावल र खडक बोहरा लगायतका खेलाडीहरु खेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्