क्यानडामा माउन्ट एभरेष्ट टेलिभिजनको आयोजनामा ‘प्रबिशा अधिकारी सांस्कृतिक सांझ’

विज्ञान कार्की
  • ख-
  • ख+

नयाँ बर्ष तथा क्रिसमसको समय पारेर क्यानडामा माउन्ट एभरेष्ट टेलिभिजनको आयोजनामा ‘प्रबिशा अधिकारी सांस्कृतिक सांझ’ आयोजना गरिने भएको छ ।

क्यानडाको टोरोन्टोबाट संचालित माउन्ट एभरेष्ट टेलिभिजनको आयोजनामा गर्न लागिएको यो सांगितिक कार्यक्रममा गायिका प्रबिशा अधिकारीले आफ्ना लोकप्रिय गीतहरु गाउने छिन् ।

सांस्कृतिक सांझमा जिटिए वरपर बस्ने सम्पूर्ण नेपाली समुदायलाई उपस्थितीको लागि आयोजक माउण्ट एभरेष्ट टिभीका संचालक बसन्त कार्कीले अनुरोध गरेका छन् ।

नेपाली चलचित्र र संगीत उद्योगमा स्थापित पार्श्व गायिकाको रूपमा अधिकारीनेपाली संगीतलाई प्रोत्साहन र उत्थान गर्न निरन्तर लागिरहेकी छिन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्