काठमाडौं महानगरले तिरायो मनोहराको एउटा कम्पनीलाई १ लाख जारिवाना

समाचार बिज
  • ख-
  • ख+

काठमाडौंको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाडौं महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको छ ।

उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनले भने, ‘उक्त कम्पनीले उत्पादन गरेको पानीको बोतलमा लामखुट्टे भेटिएपछि प्रहरी कहाँ उजुरी परेको थियो, आज छानबिन गरेर महानगरपालिकाले जरिवाना तिराएको हो ।

महानगरले उक्त कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेलाबेला मेसिन पनि परीक्षण गराउन निर्देशन दिएको प्रवक्ता मानन्धरले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्