क्यानडाको ब्राम्प्टनमा रहेको गैरनाफामूलक संस्था नेपाली क्यानेडियन हेल्पिङ ह्यान्ड्स (एनसीएचएच)ले जाजरकोट-रुकुम भूकम्प पीडितहरूलाई सहयोग गर्न १११०.०० डलर गैर आबसिय नेपाली संघ क्यानडाका (एनआरएनए) क्यानडालाइ हसतान्तरण गरेको छ ।
एनसीएचएचका सदस्य रेविका वैद्य, शोभा पिया, प्रतिमा प्रधान श्रेष्ठ, सिर्जना डंगोल, सिर्जना श्रेष्ठ र पूजा श्रेष्ठले एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठलाई उक्त कोष हस्तान्तरण गरेका थिए ।
दान गरिएको रकम एनआरएनए क्यानाडाको आपत्कालीन सहयोग भूकम्प कोषसँगको सहकार्यमा कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिमा हस्तान्तरण गरिने जानकारि एनआरएनए क्यानाडाले बिज्ञप्ति मार्फ़त जानकारि दिएको छ।
एनसीएचएचले देउसी भैलो कार्यक्रम मार्फत रकम जुटाएको हो । एनआरएनए क्यानडाले “एनसीएचएच र देउसी भैलो पहलमा दान गर्नेहरूलाई भूकम्पपीडित कोषमा आफ्नो बहुमूल्य योगदानको लागि कृतज्ञता व्यक्त गरेको कुरा एनआरएनए क्यानाडाका उपाध्यक्ष कीरोज श्रेष्ठले कार्यक्रममा भने।
२०२० मा स्थापना भएको समाजिक संस्थ नेपाली क्यानेडियन हेल्पिङ ह्यान्ड्सले नेपालले क्यानडाका एक दर्जनभन्दा बढी परोपकारी कार्यक्रमहरूमा सहयोग पुर्याइसकेको छ।