![](https://samacharbiz.com/wp-content/uploads/2023/10/nmb-bank1645610791.jpg)
एनएमबी बैंकले दुई कराेड (२० मिलियन) अमेरिकी डलर ऋण प्राप्त गरेको छ।
बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक (एफयमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ।
बैंक र एफयमओबीचको यस साझेदारीमा एफयमओबाट बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम विकाश र प्रवर्द्धनको लागि प्राप्त भएको जनाइएको छ।
बैंकले हाल २०१ शखाहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ।